८ बैशाख २०८१, शनिबार
भेरी अस्पतालमा सुत्केरीको मृत्युभएपछि…

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार ०८:२९

नेपालगन्ज: भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले तनाव सिर्जना गरेका छन् । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो ।

सुत्केरी ब्यथाले च्यापेपछि उनी स्थानीय भेरी अस्पतालमा पुगेकी थिइन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सराफत हुसेन शेषका अनुसार चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए ।

शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र दुबै बच्चाको मृत्यु भएको उनले बताए । चिकित्सकको लापरबाहीले सुत्केरी आमा र बच्चाको मृत्यु भएको भन्दै आफन्तले सोमबार बेलुकी केहीबेर तनाव सिर्जना गरेका हुन् । परिवार र आफन्तले केहीबेर तनाव सिर्जना गरेपनि अहिले शान्त रहेको प्रहरीले जनाएको छ ।

Nabintech