११ बैशाख २०८१, मंगलवार
एमालेको निर्वाचन अभियान प्रशिक्षण दिंदै नेतृत्व, लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमाले प्रवेश

आज एकै दिन कोहलपुर र खजुरामा प्रशिक्षण


  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार १४:१७

खजुरा: नेकपा एमाले बाँकेले निर्वाचन केन्द्रित अभियान शुरु गरेको छ । त्यसक्रममा आज मंगलवार बाँकेको खजुरामा पार्टी केन्द्रीय नेताहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम जारी रहेको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनाए ।

पार्टी अध्यक्ष कक्षपतिका अनुसार, केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, सहइन्चार्ज लिला गिरी, बाँकै इन्चार्ज सूर्य ढकाल, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम राखिएको छ ।

नेकपा एमाले बाँकेको आइतवार बसेको सचिवालय बैठकले प्रदेश तथा क्षेत्रीय कमिटीको बैठक र जिल्लास्तरीय प्रशिक्षण गर्ने निर्णय गरेको पार्टी अध्यक्ष कक्षपतिले जानकारी दिए । केन्द्रीय सदस्य, केन्द्रीय आयोग, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय विभाग सदस्य तथा प्रदेश विभाग सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्यूनिष्ट मञ्चका पदाधिकारी प्रशिक्षणमा सहभागी हुने अध्यक्ष कक्षपतिको भनाइ छ ।

एमाले बाँकेले तीन वटै क्षेत्रीय कमिटीको बैठक भदौ ५ गते , सबै प्रदेश क कमिटी बैठक भदौ ६ गते र सबै प्रदेश ख कमिटी बैठक भदौ ७ गते गर्ने, भदौ १ देखि १५ गतेसम्म वडा कमिटीहरुको बैठक, सदस्यता नविकरण,नयाँ सदस्यता वितरण, अखिल, अनेमसंघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज र अनेकिसंघ, वडा कमिटीहरु गठन तथा बैठक गरिसक्ने र संगठन विभागले तयार गरि जारी गरेको संगठित सदस्यको परिवारिक विवरण भरी सक्ने लगायतका निर्णय गरेको जनाए  ।

प्रशिक्षण उदघाटन गर्दै केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले अदालतले एमाले र माओवादी केन्द्रलाई मुद्दा नै नपरेको विषयमा अलग गर्नु सुनियोजित थियो भन्दै संसद पुनः स्थापना हुँदा पार्टी विभाजन कुनै कारण थिएन । कम्युनिस्ट आन्दोलन सिध्याउने खेल भएको औल्याए ।
कम्युनिस्ट मिलेर ल्याएको उपलब्धि एतिहासिक छ । एमालेलाई मूलधार मानेर माओवादी आन्दोलन तथा अन्य कम्युनिस्ट पार्टीबाट मुल धारमा आउने क्रम जारी रहेको भन्दै केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले गठबन्धन संयुक्त मोर्चा हो यसको नेतृत्व शेरबहादुर देउवाले गर्छन् । नेपाली काँग्रेसलाई नेतृत्व मानेर कम्युनिस्ट आन्दोलन बलियो हुँदैन । १७ हजारको बलिदान गरेका प्रचण्डले निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने भनिरहेका छन , पुँजीपति बर्गसंग लड्ने र समावाद उन्न्मुख एमाले छ यो नै असल कम्युनिस्ट पार्टी हो । काँग्रेसका पछि लागेकाले गम्भीर गल्ती गरेका छन् भन्दै ज्ञवालीले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत सबैभन्दा धेरै मत छ सीटमा दोस्रो । जनता एमालेको पक्षमा छन् फुटको पक्षमा जाँदैनन भन्ने बिश्वास ब्यक्त गरे ।

यसैबिच लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमालेमा प्रवेश गरेका छन ।

Nabintech