१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा बढ्दै कोरोना, एकैदिन १४ संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार १४:२३

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ५, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४, जमुनाहा नाकामा ३ र राप्तीसोनारी गाउँपालिकामा २ गरी १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये एकजना भने जिल्ला बाहिरका हुन् । मंगलवार संक्रमण पुष्टि भएकासहित बाँकेमा हालसम्म कोरोनबाट २१ हजार २९० जना संक्रमित भइसकेका छन् । यस्तै थप २ जना निको भएका छन् । यो सहित निको हुनेको संख्या २० हजार ८४५ पुगेको वलीले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको छ ।

५ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८७ जना होमआइसोलेसनमा बसिरहेका छन् । लक्षण चिन्हसहितका बिरामीलाई भेरी अस्पतालको कोभिड वार्डमा लैजाने गरिएको छ ।

Nabintech