१४ बैशाख २०८१, शुक्रबार
विद्युत बितरण केन्द्र कोहलपुर कर्मचारी संघद्धारा रक्तदान

१५१ प्वाईन्ट रगत संकलन


  • टाइम्स संवाददाता

  • १ भाद्र २०७९, बुधबार ११:४८

कोहलपुर: नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकउत्सवका अबसरमा नेपाल विधुत प्राधिकरण कोहलपुर बितरण केन्द्र कर्मचारि इकाई संघको आयोजनामा रक्तदान कार्यक्रम आज कोहलपुरमा जारी रहेको छ  ।  इकाई  संघका सभापति सुरजलाल चौधरिको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त सञ्चार केन्द्र कोहलपुरसंगको समन्व्यमा यो समाचार तयार पार्दा सम्म  १५१ प्वाईन्ट रगत संकलन  भएको नेपाल विधुत प्राधिकरण कोहलपुर बितरण केन्द्र कर्मचारि इकाई संघ कोहलपुरका   भाईराजा श्रीबास्तबले जानकारि दिए ।

कोहलपुर कर्मचारी इकाइ संघका उपाध्यक्ष जय प्रकाश भण्डारीको स्वागत मन्तब्य संगै शुभारम्भ गरिएको रक्तदान कार्यक्रममा कर्मचारी संघ लुम्बिनि प्रदेशका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसास जैसि, नेपालगन्ज बितरण केन्द्र प्रमुख सुरज गौतम , कोहलपुर बितरण केन्द्र प्रमुख सुरज रेग्मि, नेपालगन्ज बितरण उप प्रबन्धक टंकराज गिरि, लेखा अधिकृत गोबिन्द ढकाल नेपालगन्ज बितरण केन्द्रका प्रसासकिय प्रमुख गोपाल प्रसाद ओझा लगाएतले प्राधिकरणको ३७ औ बार्षिकउत्सब सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

Nabintech