११ बैशाख २०८१, मंगलवार
बँदेलका लागि थापेको पासोमा चितुवा पसेपछि…

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७९, बुधबार १२:०३

बैतडी :  बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार  बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको  हो।  जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि किसानहरुले  थापेको पासोमा चितुवा फसेको  छ उनले भने,“ चितुवाको ढाडमा पासो परेको छ । पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउँदैछ।”

उद्धार टोली आज बेलुकासम्म आइपुग्ने  र उतिबेलासम्म नेपाली सेनाको टोलीले उक्त चितुवालाई खोरमा हाल्ने प्रयास गर्दैछ।  यसका साथै  टोली आउँदासम्म चितुवालाई बचाउनका लागि फसेको ठाउँमा भीडभाड नगर्न भनिएको छ। चितुवाले पासोबाट फुत्किनका लागि प्रयास गर्ने र मानिसहरुको भीड भएमा झन् आक्रामक हुने भएकाले भीडभाड नगर्न आग्रह गरिएको हो। उद्धार टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

Nabintech