८ बैशाख २०८१, शनिबार
बाँकेमा सक्रिय संक्रमितको संख्या ९४ पुग्यो

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७९, बुधबार १३:५२

नेपालगञ्ज : बाँकेमा बुधवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ८ र राप्तीसोनारी गाउँपालिकामा ६ गरी १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये ५ जना भने जिल्ला बाहिरका हुन् । बुधवार संक्रमण पुष्टि भएकासहित बाँकेमा हालसम्म कोरोनबाट २१ हजार २९९ जना व्यक्ति संक्रमित भइसकेका छन् ।

यस्तै थप ७ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २० हजार ८५२ पुगेको पनि वलीले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ । ५ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८९ जना होमआइसोलेसनमा बसिरहेका छन् ।

Nabintech