१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरको जंगलमा एक बालकको शव फेला

अनुसन्धान कै क्रममा संकास्पद एक ब्यक्तीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको छ


  • टाइम्स संवाददाता

  • १ भाद्र २०७९, बुधबार १४:१६

कोहलपुर: कोहलपुर वडा नम्बर ७ शक्ति सामुदायिक बनमा एक युबकको शब फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर वडा नम्बर १४ बस्ने अन्दाजी बर्ष १६ का युबक  कोहलपुर नगरपालिका वडा नम्बर– ७ मा रहेको आरती सामुदायिक वनभित्र जानकी गाउँपालिका– ६ का १६ वर्षीय शिव लोनिया मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि ऐन बहादुर मल्लले बताएका छन ।

उक्त घटना बारे जानकारी हुन साथ प्रहरि परिचालन गरि तिब्र अनुसन्धान भइरहेको मल्लले बताए । साथै अनुसन्धान कै क्रममा संकास्पद एक ब्यक्तीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको छ । मृतक ब्यक्तिलाइ भाटा तथा लठिले हानेर हत्या गरेको जस्तो घाउहरु देखिएको प्रहरिको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ । यस घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Nabintech