१३ बैशाख २०८१, बिहीबार
कृष्ण जन्माष्टमी मनाउन इस्कोनको आव्हान

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७९, बुधबार १४:५४

भरतपुर: नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) चितवनले श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा मनाउने भएको छ । पत्रकार सम्मेलन गर्दै इस्कोनले यही ३ गते दिउसो ३ बजेदेखि राती १२ बजेसम्म जन्माष्टमी कार्यक्रम गर्ने जनाएको छ । इस्कोनका उपाध्यक्ष ममता न्यौपानेले कार्यक्रममा १० हजार सहभागि हुने अपेक्षा गरिएको बताउनुभयो । भरतपुर–११ बसेनी गोर्खाली टोलमा रहेको इस्कोनको हरे कृष्ण मन्दिर परिसरमा कार्यक्रम हुने जनाइएको छ ।

३ गते भजन, किर्तन, प्रवचन, अभिषेक, मन्त्र ध्यानक, कृष्ण झुला लगायतका कार्यक्रमहरु हुने बताउनुभयो । इस्कोन चितवनका सचिव गौर गोविन्द प्रसाद दासले कृष्णजन्माष्टमीको महत्वबारे पनि चर्चा हुने बताउनुभयो । वैदिक सनातन धर्मको संरक्षण तथा प्रर्वद्धनका लागि इस्कोनले धार्मिक तथा सामाजिक कामहरु गर्दै आएको बताउनुभयो । यस्तै ४ गते  स्कोनका संस्थापक श्रील प्रभुपाद प्रकट भएको दिनको सम्झनामा आविर्भाव दिवस मनाइदैछ । विहान ९ बजेदेखि दिउसो २ बजेसम्म कार्यक्रम हुने जनाइएको छ ।

Nabintech