१४ बैशाख २०८१, शुक्रबार
प्लानद्वारा बाह्रबर्दियामा बालमैत्री विद्यालय भवन हस्तान्त्रण

  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार १२:१०

बर्दिया :  प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाह्रबर्दियाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बेलुवाबज्यामा नवनिर्मित दुईतले छ कोठे भवन तथा शैचालयको औपचारिक कार्यक्रमका बीचमा हस्तान्त्रणसंगै उद्घाटन गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल तथा बाह्रबर्दिया नगरपालिकाको समन्वयमा निर्मित सो भवन तथा शौचालय बालमैत्री, अपागंता मैत्री रहेको छ । विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन ।

समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रेग्मीले प्लान इन्टरनेशनल नेपालले बिभिन्न समयमा बिभिन्न खालका जनलक्षित कार्यक्रम संचालन गर्दै आइरहेको स्मरण गर्दै बर्दियाको दुरदराजमा भुकम्प तथा बालमैत्री अपागंतामैत्री संरचना निर्माण कार्य गरेर यहाँको विकासमा अहम भुमिका खेलेको बताईन ।

उनले आफ्नो मन्त्रालयको तर्फदेखि प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेलाई बिषेश धन्यबाद दिनुका साथै आगामी दिनमा यस प्रकारका काम नियमित हुने अपेक्षा सरकारको भएको बताईन ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुलीले प्लान इन्टरनेशनल नेपालले स्याक नेपालसंगको साझेदारीमा परियोजना मार्फत विद्यालयमा भौतिक पुर्वाधार निर्माण भएको बताउदै भौतिक पुर्वाधरले मात्र नहुने र आगामी दिनमा बालमैत्री कक्षा संचालन, बाललबालिकाको सिकाइ उपलब्धि दर बढेको, बालबालिकाहरु अध्ययनको लागि बिद्यालयमा भयरहित बाताबरणमा नियमित आउने कुरामा आफुहरुको अपेक्षा रहेको बताईन ।

कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद तिमल्सेनाले बर्दिया जिल्लामा प्लान र स्याक नेपालले सामाजिक क्षेत्रको काममा अग्रणी भुमिका खेलेको र आगामी दिनमा पनि नवनिर्मित संरचनाहरुलाई मर्मत सम्भार तथा यसको रेखदेर तथा बालबालिकाको सिकाइमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षासहित शुभकामना व्यक्त गरे ।

स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले स्याक नेपालले प्लान इन्टरनेशनल नेपालको साझेदारिमा बिगत ३ बर्षदेखि परियोजना मार्फत काम गरिरहेको र यसखालका बर्दिया जिल्लाका ३ वटा विद्यालयमा भौतिक पुर्वाधार निर्माण गरेको बताए ।

उनले विद्यालयमा सिस्टर परियोजना मार्फत करिब १ करोड बिसलाख २६ हजार ३ सय ५० र बारबर्दिया नगरपालिकाको ९ लाख गरि कुल १ करोड २९ लाख २६ हजार ३ सय पचास बराबरको परियोजना संचालन भएको बताउदै आगामी दिनमा यसको संरक्षण तथा ब्यबस्थापन विद्यालय तथा नगरपालिकाले गर्ने गरि विद्यालयका प्रधानाध्यापक मुकुन्दप्रसाद पौडेल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुकै थारुलाई भवनको हस्तान्तरण पत्र दिएका थिए ।

कार्यक्रममा विद्यालय परिवारले बाह्रबर्दिया नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सारेकार मंच, स्याक नेपाल बाँकेलाई प्रशंशा पत्र र यस परियोजनालाइ समयमा सम्पन्न गर्न अहोरात्र खटिने कर्मचारी एवम परियोजना प्रमुख क्रमश लक्ष्मीप्रसाद शर्मा, रामबहादुर रावल, फोकल प्रसन कैलाशमान श्रेष्ठ र प्लान इन्टरनेशनल नेपालका इन्जिनियर राजु खत्रीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

भवन समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल केन्द्रीय कार्यालयका अभियान संचार निर्देशक प्रशेन खाती, नीति प्रैरबी र सरकार सम्बन्ध प्रबन्धक मदनराज जोशी, बाह्रबर्दिया नगपालिका प्रमुख छबिलाल थारु, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाही स्याक नेपालका अध्यक्ष, प्लानका शिक्षा विज्ञ बेदप्रसाद डाँगी, शिक्षा समन्वय इकाईका शाखा अधिकृत महेश देवकोटा, बाह्रबर्दिया नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा, शिक्षक अभिभावक संघ, स्थानीय तहका बुद्दिजिबीहरुको उपस्थितिरहेको थियो ।

 

  

Nabintech