१३ बैशाख २०८१, बिहीबार
राप्ती सोनारीबाट हात हतियार सहित सिकारी पक्राउ

यस सम्वन्धी मुद्दामा ७ बर्ष कैद र ७० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था


  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार १२:३०

कोहलपुर: प्रहरीको विशेष अप्रेसन अभियानले राप्ती सोनारी ४ सिक सामुदायिक बनबाट हात हतियार सहित सिकारी पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा बुधबार मध्ये राती सिक सामुदायिक बनको चुरे क्षेत्र बाट इलाका प्रहरी कार्यालय धामपुरको टोलीले १ थान लोडेट हतियार, जाल, ७ वटा मोटरसाइकल सहित राप्ती सोनारी ५ निवासी गया प्रसाद थारुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले चोरी सिकारी हुँदै गरेको विशेष सुचनाको आधारमा अप्रेसन गरेपछि हात हतियार सहित पक्राउ गर्न सफल भएको जनाकारी दिए । प्रहरीको अप्रेसन बाट भागेका सिकारीहरुको पनि खोजी कार्य भइरहेको समेत सई डाँगीले जनाए । प्रहरीले भे १० प ९८९३, भे ६ प ७५०३, भे ७ प ६०४५, भे ४ प २२७२, भे ७ प ११०८, बा २६ प ९०१६ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।

उनका अनुसार पक्राउ गरिएको हात हतियार, मोटरसाइकल इलाका प्रहरी कार्यालय कोहलपुरमा आज बिहीबार बिहान बुझाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले अनुसन्धान जारी रहेको र हात हतियार खरखजना सम्वन्धी मुद्दा चलाइने जानकारी दिए । डिएसपी मल्ले यस सम्वन्धी मुद्दामा ७ बर्ष कैद र ७० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको उल्लेख गरे ।

Nabintech