१३ बैशाख २०८१, बिहीबार
बाँकेमा बिहीवार ८ संक्रमित थपिए, देशभर ५२ सय ६५ सक्रिय संक्रमित

बाँकेमा जिल्लामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको छ


  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार १४:३२

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ७ र राप्तीसोनारी गाउँपालिकामा १ गरी ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये २ जना भने जिल्ला बाहिरका हुन् । बिहीवार संक्रमण पुष्टि भएकासहित बाँकेमा हालसम्म कोरोनबाट २१ हजार ३०५ जना व्यक्ति संक्रमित भइसकेका छन् ।

यस्तै थप ८ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २० हजार ८६० पुगेको वलीले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको छ । ६ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८६ जना होमआइसोलेसनमा बसिरहेका छन् ।

थपिए ५४२ कोरोना संक्रमित, ५२ सय ६५ सक्रिय

देशभर पछिल्लो समय ४ हजार ९ सय ३० जनाको परीक्षण गर्दा ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ९० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ५ हजार २६५ जना सक्रिय संक्रमित छन् । पछिल्लो समय ४२१ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

Nabintech