१३ बैशाख २०८१, बिहीबार
बाँकेको जानकी गाउँपालिकामा वृक्षारोपण

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७९, शुक्रबार १४:०१

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले शुक्रवार वृक्षारोपण गरेको छ । वातावरण तथा विपद् ब्यवस्थापन शाखाको आयोजनामा जानकी गाउँपालिकाको मानपुरमा बिरुवा लगाऔं, वातावरण बचाऔं भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा वोल्दै पालिकाका अध्यक्ष छब्बन खाँले रुख विरुवा नै मानवको जिवन भएको बताउँदै वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताए । खाँले हरेक गाउँ हराभरा र स्वच्छ सफा राख्न वृक्षारोपण गर्न जरुरी रहेको बताए ।

वृक्षारोपणमा अध्यक्ष खाँका स्वकिय सचिव सोहराव अली दर्जी, गाउपालिकका इन्जिनियर धन बहादुर रोकाय, राजेन्द्र वाजपेई, विकाश जिसी लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Nabintech