१२ बैशाख २०८१, बुधबार
कांग्रेस नेता प्रदीप गिरिको निधन

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार ०६:०४

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो ।  भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।

शनिबार साँझ ९ः३० बजे निधन भएको कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।  उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ ।

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको पार्थिव शरीरमा कांग्रेश सभापति तथा प्रधानमन्त्रीले कांग्रेसको झन्डा ओडाएर श्रद्धान्जली दिएका छन्। सानेपास्थित पार्टी कार्यलयमा राखिएको गिरिको पार्थिव शरिरमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङले पार्टीको झन्डा ओडाएका थिए।

 

स्व गिरीको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो भने ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

Nabintech