१४ बैशाख २०८१, शुक्रबार
ला लिगा : रियलको सहज जित

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार १०:१५

काठमाडौं : स्पेनिस ला–लिगामा साविक च्याम्पियन रियल म्याड्रिडले सहज जित निकालेको छ। अवे मैदानमा रियलले घरेलु टोली सेल्टा डि भिगोमाथि ४–१ सहज जित निकालेको हो।

सेल्टाको मैदानमा खेलको १४औं मिनेटमा कप्तान करिम बेन्जेमाको पेनाल्टी गोल मार्फत रियलले सुरुवाती अग्रता लिएको थियो। रेनाटो तापियाले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो।

रियलको जितमा कप्तान करिम बेन्जेमा,  लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरेका थिए सेल्टाका लागि भने इयागो आसपासले एक गोल फर्काएका थिए।

घरेलु टोलीले २३औं मिनेटम इयागो आसपासले पेनाल्टीमार्फ खेललाई १-१ गोलको बराबरीमा ल्याए। इडर मिलिसाओले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई आसपासले सहज गोल गरेका थिए। ४१औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।

५६औं मिनेटमा भिनिसियस जुनियरले मोड्रिचकै पासमा गोल गरेपछि रियल फराकिलो अग्रता तर्फ अग्रसर भएको थियो। ६६औं मिनेटमा फेडे भाल्भेर्डेले भिनिसियसको पासमा चौथों गोल गर्दा ८७औं मिनेटमा पाएको पेनाल्टीलाई भने रियलले सदुपयोग गर्न सकेन। सब्सटिच्युट खेलाडीका रुपमा रहेका इडेन हाजार्डले गोलको मौका चुकाएका थिए।

लगातार दोस्रो जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको थियो। समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ। पराजित सेल्टा १ अंक जोडेर १४औं स्थानमा रहेको छ।

Nabintech