११ बैशाख २०८१, मंगलवार
मोडबाट सडक छाडेर चार सय मिटर तल खस्यो जिप

घाइते ८ जनाको उपचार हुँदै


  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार १५:३८

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आइरहेको से१ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो।

घाइतेहरू ८ जनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए। घाइतेहरूको परिचय खुलिसकेको छैन।

उनका अनुसार जिप सडकबाट करिब चार सय मिटर तल खसेको छ। जिप आइतबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक जोशीले बताए।

Nabintech