६ बैशाख २०८१, बिहीबार
सशस्त्र प्रहरि बांकेले गर्यो ३ करोड ३६ लाख बढीको राजश्व संकलन

सशस्त्र दैबि विपत्तिमा पनि खोज तथा उद्दारका लागि खटिने गरेको छ


  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार १८:३२

नेपालगन्ज: बितेका ७ महिनामा सशस्त्र प्रंहरी बल नेपाल नंम्बर. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले गत २०७८ माघदेखि २०७९ साउन मसन्तसम्म चोरी पैठारी नियन्त्रणको क्रममा ३ करोड ३६ लाख बढीको राजश्व संकलन गर्न सफल भएको छ ।

गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जनक बस्नेतले दिएको जानकारी अनुसार भन्सार चोरी निकासी, गैर कानुनी रुपमा वसार पसार गरिएको सामान नियन्त्रणमा लिएर भन्सार दाखिला गर्दा सो राजश्व दाखिला गर्न सफल भएको हो ।

उनले भन्सार चोरी निकासी सामान बरामदबाट ३ करोड २५ लाख २६ हजार ७ सय ७६ रुपैया बराबरको समान विभिन्न मितिमा नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको बताए ।

उनले भने–‘ हामीले गत माघदेखि यो साउन मसान्तसम्म करिव साढे ३ करोडको भन्सार छलेर निकासी पैठारीको सामान र त्यो सामान बोक्नको लागि प्रयोग भएको साधन नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाएका छौ ।’

बाँके जिल्ला भारतसंग करिव ६७ किलोमिटर लामो खुला सीमाना रहेको छ । चोरी निकासी गर्नेहरु विभिन्न चोरबाटोको प्रयोग गर्ने भएकोले सोको नियन्त्रणको लागि गणको अधिनमा रहने गरी ८ वटा बिओपी, २ वटा वेश क्याम्प र २ वटा प्रस्तावित बिओपीबाट सीमा निगरानी, राजश्व चुहावट नियन्त्रणलगायतको काममा सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी उपरिक्षक बस्नेतले बताए ।

यसैगरी गणले विभिन्न मितिमा अबैध रुपमा जंगलबाट काठ काटेर ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएर ७ लाख ८८ हजार १ सय ६० मुल्य बराबरको काठ र ल्याउन प्रयोग गरेको साधन समेत नियन्त्रणमा लिएर जिल्ला बन कार्यालयमा बुझाएको छ भने, २ लाख ९३ हजार ४ सय ६० रुपैया बराबरको माछा, मासु र अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

गणका गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक बस्नेतले आफ्नै कमाण्डमा गत साउनको अन्तिम साता बिल–बिजक नै नभएको ठूलो १० चक्के ट्रक सहित त्यसमा लोड भएको चामल, चिनी, सूर्ती जन्य पदार्थ नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाउन सफल भएको बताए ।

यसैगरी विभिन्न समयमा चाँदीको गहना ८ किलो २ सय ९६ ग्राम, यार्सागुम्बा ४ सय ५० ग्राम, तस्करीमा प्रयोग भएका ४ मोटर साईकल, २ पिकअप भ्यान र ३ अटो रिक्सा समेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको जानकारी दिए ।

गण र नेपाल प्रहरीको जमुनाह नाकामा संयुक्त रुपमा खटेको टोलीले नेपालबाट भारत लैजादै गरेको ठूलो परिणामको पोस्ता दाना (अफिम सिड) र भारतीय नंम्बरको ट्रक सहित नियन्त्रणमा लिन सफल भएको छ ।

उनले सीमा क्षेत्रबाट हुने अवाञ्छनिय गतिबिधि रोक्नुको साथै भन्सार चोरी नियन्त्रणको लागि आफुहरुको सक्रियता रहने गरेको बताए । साथै दैबि विपत्तिमा पनि आफुहरुबाटै खोज तथा उद्दारका लागि खटिने गरेको बताए ।

Nabintech