१३ बैशाख २०८१, बिहीबार
कोहलपुर नेपालगञ्ज लगाएत देशभर आज बिहानै देखि गर्मी

हिज भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री मापन गरिएको थियो


  • टाइम्स संवाददाता

  • ६ भाद्र २०७९, सोमबार ०९:५५

नेपालगञ्ज:  कोहलपुर नेपालगञ्ज लगाएत देशभर आज गर्मी बढेको छ । निरन्तर पानी नपर्दा गर्मी बढेको हो । अझै एक दुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविदहरुले बताएका छन् ।

नेपालगञ्ज, बिरगञ्ज, जनकपुर धनगढि,काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । दिउँसोको समयमा हिजोको जस्तै अझै गर्मी बढ्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमलव ५, जनकपुरको ३४ डिग्री सेल्सियस र सिमराको ३३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । मनसुनी न्यून चापीय रेखा नेपाल नजिक नरहेकाले केही दिनयता राम्ररी पानी पर्न सकेको छैन ।

बर्खाको बेला भए पनि पानी नपर्दा धेरै ठाउँका खेतबारीमा लगाएका बाली सुक्न थालेका छन् । पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा राम्ररी पानी नपरेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार यो हप्ताभरि नै लगातारको झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुन अनुमान छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

Nabintech