८ बैशाख २०८१, शनिबार
नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानको ‘क्लिन स्वीप’

  • टाइम्स संवाददाता

  • ६ भाद्र २०७९, सोमबार ०९:५६

काठमाण्डाै: नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानले ‘क्लिन स्वीप’ गरेको छ । नेदरल्यान्डको रोटरड्याममा भएको तेस्रो तथा अन्तिम खेलमा ९ रनले  विजयी हुँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो ।

पाकिस्तानले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले ४९ ओभर २ बलमा १ सय ९७ रन मात्रै बनायो । उसका लागि टम कुपर र विक्रमजित सिंहले अर्धशतकीय पारी खेले ।  कुपरले  ६२ रन र विक्रमजितले ५० रनको योगदान गरे ।

यस्तै, टिजा निदामारुनुले २४ तथा मुसा अहमदले ११ रन बनाए । पाकिस्तानका नसिम साहले ५ तथा मोहम्मद वासिमले ४ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा २ सय ६ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ९१ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, मोहम्मद नवाजले २७, फकर जमानले २६, आगा सलमानले २४ र  मोहम्मद वासिमले ११ रन बनाए । नेदरल्यान्डका  बास डि लिडीले ३ तथा भिभिएन किंग्माले २ विकेट लिए । यस्तै, आर्यान दत्त, शारिज अहमद र लोगान भान विकले समान १/१ विकेट लिए । पाकिस्तान पहिलो खेलमा १६ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।

Nabintech