४ बैशाख २०८१, मंगलवार
भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

  • टाइम्स संवाददाता

  • ६ भाद्र २०७९, सोमबार ११:०२

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका –३ मा साप्तेलमा भालुको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा सिलिचोङ –३ साप्तेल की ७० बर्षीया वृद्धा जुद्धमाया राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र गोदारले जानकारी दिए।

७० वर्षीया वृद्धा राईलाई आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको थियो। राईको टाउको, ढाँड र हातमा चोट लागेको डिएसपी गोदारले बताए।

घाइते राईको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्ने तयारी भइरहेको डिएसपी गोदारले बताए।  राष्ट्रिय निकुन्ज क्षेत्र भित्र हालसम्म एक दर्जनभन्दा बढी भालुको आक्रमणबाट घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ।

मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको उक्त क्षेत्रमा बर्षेनी भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन्। घटना स्थलबाट सदरमुकाम खाँदबारीबाट ९ घण्टाको पैदल दुरीमा पर्छ।

Nabintech