१३ बैशाख २०८१, बिहीबार
डा. कर्णले गरे बाके क्षेत्र नं २ ख प्रदेश सभा सदस्य उम्मेदवारी घोषणा

'स्वास्थ्य शिक्षा रोजगार नमुना शहर नमुना ब्यापार' भन्ने आफनो मुल एजेण्डा


  • टाइम्स संवाददाता

  • ६ भाद्र २०७९, सोमबार १५:३२

नेपालगन्ज: बाके क्षेत्र नं २ ख प्रदेश सभा सदस्य उम्मेदवारी घोषणा कार्यक्रम सोमबार नेपालगन्जमा सम्पन्न भयो । उम्मेदवार घोषणा कार्यक्रममा नेपालगन्जका डा. बिनोद कर्णले बांके क्षेत्र नं २ ख बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।११ बर्षदेखि एसोसिएट डक्टरको रुपमा नेपालगन्ज मेडिकल कलेजमा कार्य गर्दै आएका डा. कर्ण आफ्नो चिकित्सक पेशालार्इ छोडेर स्वतन्त्र उम्मेदवारको रुपमा उभिएका हुन ।

यस अघि २०७४ चुनाबमा डा. कर्ण बिबेकशिल साझा पार्टिको तर्फबाट उम्मेदवार रहेका थिए । नेपालगन्जमा हुने डुबानबाट बचाउने, युबाहरुलाइ रोजगारिको सृजना गर्ने, नेपालगन्ज शहरलाई पर्यटन शहरको रुपमा बिकास गर्ने आफ्ले सपना देखेको भन्दै डा. कर्णले नमुना शहर नेपालगन्ज बनाउने आफनो रहर भएको जिकीर गरे । भाबबिहल मुद्रामा देखिएका डा. कर्णले मर्नु अघि नेपालगन्ज संबृद्द भएको आफ्नो हेर्न चाह भएको बताए ।

‘स्वास्थ्य शिक्षा रोजगार नमुना शहर नमुना ब्यापार’ भन्ने आफनो मुल एजेण्डा भएकै कारण आफुले उम्मेदवारी दिएको बताएका कर्णले पाटिमा रहदा काम गर्न अबरोध हुने भएकाले आफु स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएको बताए । मंशिर ४ गते हुने चुनाब लक्ष्य उम्मेदवारी घोषणा कार्यक्रममा आफ्नो खाचो परेको खण्डमा आफु स्वास्थ्य सेवालाइ पनि निरन्तरता दिने डा. कर्णले भने ।
नेपालगन्ज उपमहानगरपालिका भित्र वडा १ देखि १२ र १४, १५ वडा यस क्षेत्र नं २ प्रदेश ख भित्र पर्ने भएकाले पनि नेपालगन्ज शहरको मुहार फेर्न आफु दत्त चित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

आफ्नो प्रचार प्रसार समेत तडक भडक रहित हुने बताउदै डा कर्णले जनताको आशालाई निराशा हुन नदिन आफु बिजय भएमा सादगि जिबन र इमान्दारीताको कसिमा जनताको सेवा गर्ने समेत बताए ।

Nabintech