१४ बैशाख २०८१, शुक्रबार
काठमाण्डौबाट १८ जना र दाङबाट पत्रकार सहित ४ गिरफतार, बन्दको आंशिक प्रभाब

शान्तिपूर्ण ढंगले बन्द गराउन सडका गएका विद्यार्थी तथा नेताहरूलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै नेकपाको आपत्ती


  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार ०९:४९

नेपालगञ्ज: काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बताए । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

त्यसैगरि नेपाल बन्दको रिपोर्टिङमा खटिएका जनपत्रकार संगठन दाङ जिल्लाका अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जनालाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण ढंगले बन्दलाई सफल बनाउन सडकमा गएका नेकपाको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्ला अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र,मजदुरका सिसिएम संजय र बन्दको समाचार संकलनका लागि खटिएका जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीलाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला संयोजक खुमन पौडेलसहित ४ जनालाई घोराहीको सर्राबाट प्रहरीले गिरफ्तार गरेको नेकपा दाङ जनाएको छ । शान्तिपूर्ण ढंगले बन्द गराउन सडका गएका विद्यार्थी तथा नेताहरूलाई प्रहरीले बिना कारण गिरफ्तार गर्नु निन्दनीय कार्य भएको र घोराही तुलसीपुरबाट गिरफ्तार गरिएका सबै जनालाई नि सर्त यथासिघ्र रिहाई गर्नुपर्ने नेकपा दाङले बताएको छ ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले गत साउन २७ गते नै संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

 

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले आब्हान गरेको बन्दको खासै प्रभाब परेको छैन कोहलपुर नेपालगञ्ज क्षेत्रमा भाडाका गाडि नचलेपनि निजि सवारी साधन र अटो रिक्सा निर्बाध रुपमा चलेका छन । नगर गाडिहरु फाटफुट चलेपनि लामो दुरीका सवारी साधन भने चल्न सकेका छैनन ।  काठमाडौं उपत्यकाको सडकमा पनि बन्दको  प्रभाब नपरेको हाम्रा सम्बाददाताले जनाएका छन ।  सार्वजनिक तथा निजी सवारी साधनहरु निर्वाध गुडिरहेका उन्ले बताए ।

Nabintech