१६ चैत्र २०८०, शुक्रबार
अपडेट: कोहलपुरमा शंकास्पद बस्तु फेला, किरन नालाको शंकास्पद बस्तु डिस्पोज

शंकास्पद वस्तु नेपाल आर्मीले डिस्पोज गर्दै


  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार १२:४८

कोहलपु: कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरी झण्डहवा चोकमा शंकास्पद बस्तु फेला परेको छ । रत्नराजमार्ग अन्र्तगत सुर्खेत नेपालगञ्ज सडकखण्डको पिपिरी झण्डहवा चोकमा बम जस्तो देखिने शंकास्पद रातो वस्तु फेला परेको प्रहरीले जनाएको हो । शंकास्पद बस्तु भेटिएपछि सो क्षेत्र प्रहरीले शिल गरेको छ भने सुरक्षा ब्यबस्था कडा पारीएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पलाष्टिकले बेरेर करीब एक हात बराबरको रातो स्टिल बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बम जस्तो बस्तु देखिएपछि नेपालगञ्ज तर्फ आउने सवारी साधनलाई पश्चिम तिरको बाटो प्रयोग गराईएको छ । यस्तै कोहलपुरको किरण नालामा समेत त्यस्तै वस्तु भेटिएको प्रहरीको भनाई रहेको छ । किरणनाला क्षेत्रमा समेत प्रहरी परीचालन गरिसकिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बन्दका कारण कोहलपुर सहित लुम्बिनी प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन । राति छुटेका गाडीहरुलाई भने प्रहरीले बिहान स्कटिङ गरेर गन्तव्यसम्म पठाएको थियो तर केही माल बहाक लहरीहरु भने चप्परगौरीमा रोकिएका छन ।

 

अपडेट
पुर्व पक्षिम राजमार्ग कोहलपुर किरन नालामा शंकास्पद बस्तु नेपाल आर्मीले डिस्पोज गरेको छ । बम होइन यो । शंकास्पद बस्तु राखेर बन्दको प्रभाव बनाउन खोजेको देखिन्छ ।’ इप्रका कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले भने ।’ एउटा डिस्पोज भइसकेको छ ।अब अर्को नेपाल आर्मीले डिस्पोज गर्दै छ । प्रहरी प्रमुख मल्लले जानकारी गराए ।

Nabintech