१२ बैशाख २०८१, बुधबार
बाँकेका अधिकांश स्थानीय तह दमकल बिहिन ,नेपालगञ्जमा दक्ष जनशक्तिको अभाव

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार १५:५६

नेपालगञ्ज : बाँकेका अधिकांश स्थानीय तह दमकल बिहिनको अबस्थामा रहेका छन । कोहलपुर, नेपालगञ्ज र नरैनापुर बाहेक अन्य ५ पालिकामा दमकल छैनन भने नेपालगञ्जमा दक्ष जनशक्तिको अभावले सेवा प्रभाबित हुदै आएको छ । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए ।

नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् । एउटा दमकलका लागि कम्तीमा ६ जनाको जनशक्ति आवश्यक हुनुपर्नेमा नेपालगञ्जका तीन दमकलका लागि पाँच स्थायी र सात अस्थायी कर्मचारीमात्रै रहेको प्रमुख खडकाले जानकारी दिए ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नेपालगञ्जमा अग्नि नियन्त्रणको अवस्था, अग्नि नियन्त्रणमा देखिएका बाधाको विषयमा अध्ययनसमेत गरिरहेको छ ।

परियोजनाका प्रमुख शिव सुवेदीले यहाँका साँघुरा बाटा र घना बस्तीले दमकलको आवतजावतमा कठिनाइ भएको उल्लेख गर्दै दमकलको पानी भर्ने स्टेशन नहुँदा त्यसले अग्नि नियन्त्रणमा ढिलाइ हुने बताए । उनले यहाँका दमकलले भारतसम्म सेवा दिएको काम प्रशंसनीय भएको बताउँदै अग्नि नियन्त्रणका केही असल अभ्याससमेत भएको उल्लेख गरे ।

बाँकेका अधिकांश स्थानीय तहमा दमकल छैनन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेको छ । बाँकेमा आठ स्थानीय तह छन् ।

Nabintech