८ बैशाख २०८१, शनिबार
नाइजेरियामा बढ्दो कुपोषण

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७९, बुधबार १५:२७

काठमाण्डौ: संयुक्त राष्ट्रसंघले नाइजेरियामा द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ। राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेकाले उक्त क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्त्वको उपलब्धताका लागि आग्रह गरेको छ।

सन् २०२१ को यो अवधिका तुलनामा यो वर्षको शुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै बढेको पाइएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ।

सो क्षेत्रमा अहिले नै कम्तीमा पनि ४० लाख मानिसलाई खाद्यान्नको अभाव भएको छ। साथै यो वर्षभरिमा उक्त क्षेत्रमा ८० लाख मानिसलाई खाद्यान्न अभाव हुने अनुमान गरिएको बताइएको छ। सो क्षेत्रमा संयुक्त राष्ट्रसंघीय निकायहरू समेत गरी अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरू गरी ११४ ले खाद्यान्न लगायतका मानवीय सहायताका सामग्री वितरण गर्दै आएका छन्।

अझै पनि सो क्षेत्रमा खाद्यान्न अभाव रहेको पनि समाचारमा जनाइएको छ। खाद्यान्न एवं अत्यावश्यकीय मानवीय आवश्यकताका वस्तुको यहाँ खाँचो बढ्दै गएको छ। नाइजेरियामा आन्तरिक द्वन्द्व एवं खडेरीका कारण केही वर्षदेखि समस्या उत्पन्न हुँदै आएको छ।

Nabintech