७ बैशाख २०८१, शुक्रबार
सडक पेटी ,फुटपाथ र सम्झौता समाप्त भएका सवै संरचना हटाउन कोहलपुर नबिसको तीन दिने अल्टिमेटम

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १०:३५

कोहलपुर: कोहलपुर नगर विकास समिति कोहलपुरले सडक पेटी ,फुटपाथ र सम्झौता समय समाप्त भएका सवै संरचना तथा व्यवसायीहरु लाई ३ दिन भित्र संरचना खाली गर्ने सूचना टास गरेको छ । सूचनामा सुचना अनुसार नगर विकास समितिको मिति २०७९/३्/३० गतेको बोर्ड बैठकबाट निर्णय भए अनुसार सार्वजनीक सूचना समेत प्रकाशन गरी सकेको अवस्थामा पनि केहि पनि कार्यान्वयन नभएकाले पून तिन दिनको समय सिमा दिएको कोहलपुर नगरविकास समितिका सदस्य सचिव टिकाराम ढकालले वताए ।

कोहलपुर नगर विकास समिति भित्र व्यवसाय संचालन गदै आएका व्यावसायीहरु , जग्गा फुटपाथ सटक पेटी , तथा खुल्ला स्थान खाली गर्ने तिन दिनको समय दिईएको ढकालले जानकारी गराएका छन । उक्त अवधि भित्र पसल संरचना जग्गा खाली नगरेमा समितिले स्वयमले खालि गराउने छ । खाली गर्दा लागेको खर्च समेत सम्वन्धित ब्यक्ति संस्थाबाट सरकारी बाँकी सरह असूल उपर गर्ने सूचनामा भनिएको छ ।

कोहलपुर नगर विकास समितिले पटक पटक प्रयास गरेको भएतापनि विभिन्न राजनीतिक दलहरुको आडमा सरकारी जमिन र संरचना कव्जा जमाउदै आएका छन् । कोहलपुर बसपार्क र क्रिकेट मैदान , कोहलपुरका ठुला होटलहरुले सडक पेटी सकेत कब्जा गरेका छन् । कोहलपुर नगरविकास समितिका अध्यक्ष पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर विकास समितिको नाममा रहेको जमिन कव्जा गर्ने अधिकार कसैलाई नभएको वताएका छन उन्ले समितिका सटरमा वस्नेहरुले सधैका लागी सटर कव्जा जमाउन नपाउने वताए ।

Nabintech