१६ चैत्र २०८०, शुक्रबार
पुरानो घरमा ‘एन इन्स्पेक्टर कल्स’

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १२:५४

काठमाडौं : सिनामंगलस्थित पुरानो घर थिएटरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’ मञ्चन हुने भएको छ। राजकमल फकिरको परिकल्पना तथा निर्देशनमा बनेको नाटक भदौ १७ देखि मञ्चन हुन लागेको हो।

डिटेक्टिभ जनरामा बनेको ‘एन इनस्पेक्ट कल्स’ विश्व प्रसिद्ध अंग्रेजी लेखक जोन बोएन्टन प्रिस्टलीको सोही नामको नाटकको नेपाली अनुवाद हो। जसकाे अनुवाद निर्देशक फकिरले नै गरेका हुन्।

सन १९१२ को ब्रिटिस समुदायको परिवेश देखिने गरी १९४५ मा लेखिएको नाटक पहिलोपटक सोही वर्ष  सोभियत युनियनमा मञ्चन भएको थियो। अहिलेको समयमा पनि नेपाली समूदायमा नाटकको विषय वस्तु सान्दर्भिक भएका कारण अहिले मञ्चन गर्न लागिएको निर्देशक फकिरले जनाएका छन्।

भदौ १७ देखि मञ्चन सुरु हुने नाटक असोज ९ गतेसम्म चल्नेछ। नाटकमा आभाश अधिकारी, विजय ताम्रकार, सारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल, शिशिर सिवाकोटी र ह्विस्की (मोनिका थापा)को अभिनय रहेको छ।

गत वर्ष नाटक ‘म’ मञ्चन गर्दै औपचारिक रुपमा उद्घाटन भएको पुरानो घरमा ‘लाटीको छोरो’, ‘खत’, ‘कनन हरलता’, ‘सिटामोल’ जस्ता नाटक मञ्चन भइसकेका छन्।

Nabintech