१५ बैशाख २०८१, शनिबार
बर्दिया जनतानगर चोकमा बच्चासहितको पाटे बाघ, स्थानियहरु भागाभाग

पटक पटक बाघ देखा पर्न थालेपछि सो क्षेत्रमा बासिन्दारुले रात दिन त्रसित रुपमा बस्न बाध्य


  • दलबहादुर सुनार

  • ९ भाद्र २०७९, बिहीबार १३:३२

बर्दिया:  निकुञ्ज आस पासमा देखिने बाघ बुधवार जनतानगर चोकमा देखिएपछि स्थानिय त्रसित बनेका छन् । बढैयाताल गाउँपालिका–९ जनता नगरको चोकमा बुधबार बिहान अन्दाजी ६ बजेको समयमा बच्चासहितको पाटे बाघ देखेपछि कामको सिल सिलामा बिहानै हिडेका मजुदर र स्थानिय भागाभाग भएको स्थानिय बताउछन् ।

प्रत्यक्षदर्शी बढैयाताल गाउँपालिका–७ अन्तरगतको सामुदायिक बनका हेरालु अर्जुन गिरी भन्छन् पहिला पनि देखिन्थ्यिो तर बुधवार बिहान चोकमा दुई वटा बच्चासहितको माउ बाघ देखियो । अहिले बिहान ६ देखि ७ बजेसम्म र राती ८ बजे पछि बाटोमा देखिन थालेको उनले बताए ।

स्थानिय बिष्णु प्रसाद थारुका अनुसार करिब एक वर्ष पहिला जंगलमा देखिएको बाघ अहिले गाउँ बस्तिमा आउन थाले पछी जंगलको आसपासमा रहेको मुक्त कमैया र सुकुम्वासी बस्तीका जनता जोखिममा रहेका छन् । जंगल र खोला नालाले घेरेको ति गाउँ बस्तिका किसानले पालेका बाख्रा, सुंगुर बंगुर खान पल्केको बाघ अब मान्छे पनि खाने हो की भन्ने डरत्रासमा बस्नु परेको वडा सदस्य समेत रहेका बिष्णु थारु बताउछन् ।

बर्दिया र बाँके निकुञ्जका बाघले मान्छे खायो भन्ने समाचार सुन्दै आएका स्थानिय अव आफ्नै गाउँको समाचार बन्ने हो की भन्ने त्रासमा छन् । एकाएक साँझ बिहान चोक चौराह र बाटोमा बाघ देखिन थाले पछि स्कुले बिद्यार्थी र मजदुरहरु बढि जोखिममा रहेको वडा नम्बर ९ का अध्यक्ष बिर बहादुर थारु बताउछन् । उनी भन्छन् किसानले पालेका बस्तु र खेती पातीमा जंगली जनावरले क्षेती पुर्याउदै आएको थियो अव गाउँ आसपासमा बाघ नै देखिन थाले पछि ठुलै घटना नहोला भन्न सकिन्न त्यसैले सुरक्षाको लागि स्थानिय प्रहरी,सामुदायिक बन, जिल्ला बनका प्रतिनिधी र स्थानियहरुको सहभागितामा केही दिनमा छलफल गर्ने वडा अध्यक्ष थारुले बताए ।

रातिको समयमा गस्तिमा हिड्ने क्रममा जनता नगरको पिच बाटोको छेउमा बाघ देखेको प्रहरी चौकी सितलाबजारका ईन्चार्ज प्रहरी सहायक निरिक्षक खिम बहादुर डांगीले बताए । जंगलमा जोडिएको बाटो भएको र रातीको समयमा बाघ बाटोको छेउछाउमा आउने हुँदा गस्तिमा हिड्न जोखिम भएको भन्दै साबधानी अपनाएर बस्न र यात्रा गर्न स्थानियलाई प्रहरी सहायक निरीक्षक डांगीको भनाई छ ।

तस्बिर: कोहलपुर ग्यालरि

Nabintech