८ बैशाख २०८१, शनिबार
‘प्रकाश’ र ‘राधा’को बुकिङ खुल्ला

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १३:५२

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउने दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’को बुकिङ खुलेको छ। सामाजिक यथार्थवादी विधामा बनेका दुवै फिल्म एकै दिनदेखि प्रदर्शनमा आउन लागेका हुन्।

बिहीबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘लाइगर’का कारण ‘प्रकाश’ र ‘राधा’ले हलमा कम शो पाएका छन्। ‘लाइगर’ले ५० देखि ५५ प्रतिशतसम्म शो पाउँदा प्रकाशले १७ देखि २० प्रतिशत र राधाले १० देखि १७ प्रतिशतसम्म सो पाएको छ।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकामा ‘लाइगर’लाई ३३ शो दिँदा ‘प्रकाश’लाई ५ र ‘राधा’लाई ७ शो दिएको छ। त्यस्तै बिग मुभिजमा ‘लाइगर’ले ९ शो पाउँदा ‘प्रकाश’ र ‘राधा’ले समान ३/३ सो पाएका छन्।

यीबाहेक ‘लाइगर’, ‘प्रकाश’ र ‘राधा’ले क्रमशः वान सिनेमाज चेनमा १४, ६ र ४ शो, क्युज सिनेमाजमा  ५, २ र १ शो, बिएसआरमा ६, ३ र २ शो, रन्जना सिनेप्लेक्समा ५, ३ र २ शो पाएका छन् भने सिडिसी सिनेमाजमा लाइगरले ३ तथा प्रकाश र राधाले समान १/१ शो पाएका छन्।

पुरी जगन्नाथको लेखन तथा निर्देशनमा बनेको एक्सन रोमान्टिक कमेडी ‘लाइगर’मा विजय देवरकोण्डा र अनन्या पाण्डेको मुख्य भूमिका रहेको छ। त्यस्तै दिनेश राउतको निर्देशनमा बनेको ‘प्रकाश’मा प्रदिप खड्का, दिया मास्के, रेनु नाथ योगीको मुख्य भूमिका छ भने सुवर्ण थापाको निर्देशनमा बनेको राधामा ‘सृष्टि श्रेष्ठ’ मुख्य भूमिकामा देखिएकी छन्।

Nabintech