७ बैशाख २०८१, शुक्रबार
बाँकेमा बिहीवार २ संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १४:०१

नेपालगञ्ज : बाँकेमा बिहीवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् भने १ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३३० पुगेको छ ।

यस्तै बिहीवार थप ३ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९२४ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५३ जना रहेको वलीले बताए । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ५२ जना होमआइसमा बसिरहेका छन् ।

Nabintech