७ बैशाख २०८१, शुक्रबार
प्रहरी जवान आधारभुत तालिमको दीक्षान्त समारोह सम्पन्न

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १४:०५

नेपालगञ्ज : प्रहरी जवान आधारभुत तालिम ९–१३८ औं समुहको दीक्षान्त समारोह बिहीबार नेपालगञ्जमा सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा उक्त समारोह सम्पन्न भएको हो ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक(डिआईजी) पोसराज पोखरेलको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह गरिएको थियो । सो क्रममा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले आधारभुत तालिमका सहभागीलाई सपथ खुवाएका थिए ।

तालिममा उत्कृष्ठ स्थान हासिल गरेका सुर्खेत भेरीगंगा नगरपालिका निवासी प्रतिक ओली, दोस्रो स्थान प्राप्त गरेकी पुजा दसौदी, तेस्रो स्थानमा आएका यज्ञ शाही लगायतलाई प्रमुख अतिथी पोखरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, कोहलपुर नगरपालिकाका कार्यकारी प्रमुख टिकाराम ढकाल, सञ्चारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधी, पुर्वप्रहरी कर्मचारी, आधारभुत तालिममा सहभागी प्रशिक्षार्थीका अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

Nabintech