१६ चैत्र २०८०, शुक्रबार
नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १४:११

काठमाडौँ :  नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ । नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चीजबीज गरी पाँच वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थमा प्रवेश गर्ने शाक्य र बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्नुलाई पञ्चदान भन्ने गरिएको यस विषयमा खोज अनुसन्धान गरिरहनुभएका अच्युत बज्राचार्य बताउनुहुन्छ ।

ललितपुर पाटनमा भने यो पर्व श्रावण शुक्ल अष्टमीकै दिनमा मनाइने पनि उहाँले जानकारी दिनुभयो । अन्य सबैतिरका नेवार समुदायले आजै यो पर्व मनाउँछन् । सिद्धार्थ गौतमले ज्ञान प्राप्तिका लागि गृहत्याग गरेको घटनासँग पनि यो पर्वको सम्बन्ध रहेको छ । शरीर रक्षाका लागि गौतम बुद्धले भिक्षा ग्रहण गर्नुभयो । दान पारमिता पूण गर्न पञ्दान गरिन्छ । बौद्ध दर्शन अनुसार दश पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्ति हुन्छ ।

दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, बल, उपाय, प्रणिधि र ज्ञान गरी दश पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्त हुने बौद्ध दर्शनका विभिन्न पुस्तकमा वर्णन गरिएको जानकारी पनि अनुसन्धाता बज्राचार्यले दिनुभयो । पञ्चदान बुद्धत्व प्राप्तिको पहिलो खुड्किलो हो । यसपछि अन्य नौ पारमिता पूरा गर्न लागिने जनाइएको छ ।

Nabintech