१६ चैत्र २०८०, शुक्रबार
कर्णालीको कथा आजदेखि देशभरको पर्दामा

  • रासस

  • १० भाद्र २०७९, शुक्रबार १३:४७

काठमाडौँ: नायक प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो । दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा अधारित छ । चलचित्रको सम्पूर्ण छायाङ्कन जुम्लामा नै गरिएको छ ।

चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका छन्  । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्रको कथावस्तुलाई निकै मन पराउनुभएको छ । उहाँले चलचित्र उत्कृष्ट बनेकाले  दर्शकसँगै नेताले पनि यस चलचित्र नछुटाउन आग्रह गर्नुभएको छ ।

त्यस्तै निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले चलचित्रमा नायक खड्काको अभिनय हेर्दा आनन्द महसुस भएको चर्चा गर्नुभएको छ । उहाँले चलचित्र हेर्दा कर्णालीभन्दा टाढा भए तापनि त्यहाँको जीवनमा आधारित भएकाले चलचित्र निकै नै राम्रो रहेको प्रशंसा गर्नुभयो । विनिश इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ । चलचित्रको कथावस्तु विकास सुवेदीले लेख्नुभएको हो ।

Nabintech