१५ बैशाख २०८१, शनिबार
वेटिङ रुममा प्रयोग भएको राहदानी विभागको पार्किङ खाली गराइयो

  • टाइम्स संवाददाता

  • १० भाद्र २०७९, शुक्रबार १५:२६

काठमाडौं:  काठमाडौं महानगरपालिकाले राहदानी विभागको पार्किङमा रहेका अवैध संरचना हटाएको छ। विभागको अन्डर ग्राउण्ड पार्किङलाई वेटिङ रुमका रूपमा प्रयोग भएपछि त्यहाँ भएका संरचनाहरू हटाएको हो।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरले पार्किङमा रहेकाे अवैध सरचनालाई हटाएको हो ।

महानगरले त्यस स्थानमा राखेका कुर्सीहरू हटाउन निर्देशन दिएको छ। अन्डरग्राउड पार्किङमा रहेका कुर्सीहरु महानगरले हटाएको छ।

विभागले बनाएको बेसमेन्ट अन्य प्रयोजन अर्थात सेवाग्राही बस्ने स्थानका रूपमा प्रयोग गरिएको छ। महानगरले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो।  यसअघि बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरूपमा बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको थियो।

Nabintech