१३ बैशाख २०८१, बिहीबार
समृद्ध नेपाल बनाउनका लागि उन्नत विकासकाे सवलिकरण गर्न आवश्यक: खेलकुद मन्त्री अथक

  • टाइम्स संवाददाता

  • १० भाद्र २०७९, शुक्रबार १७:३२

कोहलपुर : युवा तथा खेलकुद मन्त्र गहतराज अथकले समृद्ध नेपाल बनाउनका लागि उन्नत विकासकाे सवलिकरण गर्न आवश्यक रहेकाे बताए ।

हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेकाे तेस्राे साधारण सभा तथा छैठौं अधिवेशनकाे उद्घाटन गर्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन ।

विकासकाे साझेदार संस्थाका रूपमा व्यवसायीहरूले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकाे उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अथकले व्यवसायीहरूका समस्या समाधान गर्नका लागि सरकार प्रतिवद्द रहेकाे उल्लेख गरे। ‘तपाईहरूकाे समस्या समाधानकालागि यातायात मन्त्रीसँग आवश्यक छलफल गर्नेछु’ मन्त्री अथकले भने ‘हेभी इक्विपमेन्ट ब्यवसायीले विकासमा पुर्याएकाे याेगदानकाे सरकारकाे उचित कदर गर्नेछ ।’

नेपालमा विद्युत उत्पादनकाे सम्भावना प्रचुर मात्रमा रहेकाले त्यसतर्फसमेत ब्यवसायीहरूले लगानि बढाउनुपर्ने उनकाे भनाई थियाे ।

हेभी ईक्विपमेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष  चक्रपाणी शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संविधानसभा सदस्य उमाकान्त शर्मा, विभिन्न क्षेत्रका प्रतिनिधि तथा हेभी इक्विपमेन्ट ब्यवसायीहरूकाे सहभागिता रहेकाे थियाे ।

अधिवेशनले आगामि २ वर्षे कार्यकालका लागि नयाँ कमिटि समेत चयन गर्ने संघका अध्यक्ष शर्माले जानकारी दिए ।

Nabintech