१४ बैशाख २०८१, शुक्रबार
टनेलको व्यावसायिक च्याउँ खेतीबाट मनग्य आम्दानी

खेतीबाट पाँच जनाको परिवारको खर्च धान्न सहज भएको किसानको भनाई


  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार ११:३२

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरपालिका–१० चौखेढुङ्गाका इमानसिंह बस्नेतले १२ वर्षअघि एक कोठमा च्याउँ खेती गर्नुभयो । आफू खानाका लागि च्याउँ खेती सुरु गर्नुभएका उहाँले अहिले सात टनेलमा व्यावसायिक सो खेती गर्नुभएको छ । विगत १२ वर्षअघि विदेश जाने सपना देखेर दुबईको भिसा लगाउनुभएका उहाँले विदेशमा गर्ने दुःख आफ्नै देशमा गरे राम्रो आम्दानी गर्न सकिन्छ भनेर च्याउँखेती सुरु गर्नुभएको हो । उहाँले अहिले मासिक एक लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।

युवा स्वरोजगार कार्यक्रमबाट ५० हजार ऋण लिएर पाँच वटा टनेल निर्माण गरी ब्यावसायिक च्याउँखेती गर्नुभएका उहाँले अहिले सात जना युवालाई रोजगारी दिनुभएको छ । पाँच टनेलमा उत्पादन भएको च्याउँले बजारको माग पुरा गर्न नसकेपछि दुई वटा थपेर सात वटा टनेल बाट अहिले उत्पादन भइरहेको छ । उहाँले यो खेतीमा लगभग ६५ लाख रुपैयाँ लगानी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दैनिक ३५ किलो देखि ५० किलोसम्म उत्पादन हुन्छ ।” यो खेतीबाट पाँच जनाको परिवारको खर्च धानेको उहाँ बताउनुहुन्छ । छोराछोरीको पठनपाठन र घरखर्चमा यसबाट मद्धत पुगेको उहाँको भनाइ छ । अरु पेशा भन्दा धेरै जोखिम च्याऊखेतीमा भएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “लगानी एकैपटक हुन्छ र बिक्री पनि एकै पटक गर्नुपर्छ, यसलाई टिपेर राख्न नमिल्ने भएकोले जोखिम अलि बढी र आम्दानी पनि बढी नै छ ।”

Nabintech