१५ चैत्र २०८०, बिहीबार
बाँकेका अस्पतालमा भाइरल ज्वरोका विरामी बढे

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार १४:४३

नेपालगञ्ज : बाँकेका अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या लिएर अस्पताल आउने विरामीको संख्या बढ्दै गएको भेरी अस्पतालका सूचना अधिकारी डा संकेत रिसालले जानकारी दिए ।

हिंजोआज दैनिक सय बढी ज्वरोका बिरामी आउने गरेको उनको भनाइ छ । अस्पताल पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको उनले बताए ।

यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्नेमा त्यो हुनसकेको छैन । त्यसैले पनि ज्वरोको लक्षण लिएर आउने बिरामी बढेका छन् । ज्वरो आएकाले पनि मास्कको प्रयोग नगर्ने भएकाले पनि सङ्क्रमण बढदो रूपमा रहेको उनको भनाइ छ । मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढेको उनले बताए ।

ज्वरोसँगै टाइफाइड, रुघाखोकीसँगै दूषित पानीका कारणसमेत बिरामीको संख्या बढ्दै गएको छ । चिकिस्तकहरुले खानपिनमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

Nabintech