१३ बैशाख २०८१, बिहीबार
बांकेमै सफल कृषि क्षेत्रको सम्भावनालाई उजागर गर्यो शिब शिखरले

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार १४:५६

नेपालगञ्ज: बाँकेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बाँके मार्फत सञ्चालित शिव शिखर कृषि अनुसन्धान केन्द्र बाँकेले कृषि क्षेत्रको सम्भावनालाई उजागर गरेको छ ।

सुरुमा लिजमा जग्गा लिएर कृषि क्षेत्रमा होम्मिएको संस्थाले अहिले आफ्नै जग्गामा कृषि व्यवसायलाई अगाडि बढाएको छ । २०७१ सालमा बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा साढे २२ विगहा जग्गा लिजमा लिएर कृषि व्यवसायमा अग्रसरता देखाएको थियोे ।

८ बर्षको लागि लिजमा लिएको जग्गामा शिव शिखरले बाख्रा १ सय २० वटा, पाडा ४८ वटा, भैसी १५, चाइनीज हाँस २५ वटा, राजा हाँस १८ वटा, लोकल हाँस ८ वटा, माछा, कुखुरा उत्पादन गरि विक्रि वितरण गरि आम्दानी लिन सफल भएको छ । यति मात्र नभई फलफुलका विरुवा उत्पादन तथा फलफुलका विरुवा रोपी फल विक्री गरिने गरेको शिव शिखरका अप्रेशन इन्चार्ज गणेश न्यौपानेले बताए ।

शिव शिखरले पशुपालन तथा नर्सरी फलफुलका विरुवा लगाउने र उत्पादन गर्ने उद्देश्यका साथ बैजनाथको छमनियामा आफ्नै ४ विगाहा ६ कठठा जग्गामा पशु पालन तथा नर्सरीमा फलफुलका विरुवा उत्पादन गर्ने उद्देश्यका साथ व्यवसाय संचालन गरेको न्यौपानेले बताए ।

१५ सय कागती ६ सय अम्बा, ६ सय अमला, जामुन लगायतका फलफुलहरु रोपीसकेको न्यौपानेले बताए । शिव शिखरले कृषि पेशाका लागि ८ जना कर्मचारी र समय अनुसार स्थानियलाई मासिक रुपमा लेबरी लगाउने कार्य गर्दै आएको न्यौपानेले बताए ।

शिव शिखरले उत्पादन गरेको पशुपालनमा बैजनाथ १ गाभरका पर्शुराम शर्मा जम्नु भएको छ । उहाँले अहिले ३४ वटा पाडाको हेरचाह गर्नमा जम्नु भएको हो । शर्माको दैनिकी पाडालाई हेरचाह गर्नेमा दिन वित्ने गरेको छ । विहान उठ्ने वित्तिकै पानी खुवाउने खाना दिने चराउन जानमा दिन वित्ने गरेको उनले बताए ।

शिव शिखरले २२ विगहा जमिनको मासिक ७० हजार भाडा तिर्नु परेको थियो । अहिले आफ्नै जमिनमा कृषि कर्ममा जुटेको शिव शिखरले जानकारी गराएको छ ।

 

Nabintech