१४ बैशाख २०८१, शुक्रबार
बाछी बलात्कारको आरोपमा बाँकेमा एक पक्राउ, आरोपिलाई ल्याइयो ईप्रका कोहलपुर

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार १६:४९

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा गाईको बाछीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ दंगपुर्वा घर भएका जलउवा थारुको गोठमा बाँधिएका गाईको बाछीलाई बलात्कार गरेको आरोपमा एक स्थानीय युवक पक्राउ परेका हुन् ।

गाईको बाच्छी बाधेको ठाउँमा उनको कट्टु र मोवाइल फेला परेपछि उनलाई ईलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको हो । गाईको बाच्छीलाई बलात्कार गरेको आरोपिले स्वीकार गरेका छन तर अनुसन्धानमै रहेकाले प्रहरीले नाम भने गोप्य राखेको छ ।  आरोपिलाई थप कारबाहि प्रक्रियाकालागि ईप्रका कोहलपुर ल्याईएको प्रहरीले जनाएको छ ।

Nabintech