१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरका अबैध संरचना भत्किदै

भत्कियो न्युरोडको खाजा घर


  • प्रमोद रिजाल

  • १३ भाद्र २०७९, सोमबार ११:३२

बाँके कोहलपुर: कोहलपुर नगरपालिकाले अतिक्रमित संरचनाहरु भत्काएको छ ।

कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले  कोहलपुरलाई  सुन्दरता बनाउने उदेश्य लक्ष्य  सरकार जनप्रतिनिधिको मात्र नभएर समग्र कोहलपुरका आम जनताको रहेको बताए ।

कोहलपुरको  सुन्दरता  संरक्षण गर्नाको लागि अदालत नै जानु पर्ने बाध्यता आइपर्यो मेयर आचार्य भने ।

उनले राजनितिक सहमति कहिले भएन अब कोहलपुरको विकासको बाधक रुपमा नै यी संरचनाहरु देखिन्छन ।  सम्माननीय अदालतले समेत कोहलपुर नगर विकासको पक्षमा आदेश जारी गरि दिएको छ ।

अब यहाँहरु सबैले सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा लिएका छौँ  आचार्यले कोहलपुर  टाइम्सलाइ भने ।

कोहलपुर नगर विकासको जमिन अतिक्रमित गरेर व्यापार गर्दै आएको न्यूरोड कोहलपुर खाजा घर बाट अभियानको शुरुवात गरिएको छ ।

अतिक्रमित तथा अव्यवस्थित रुपमा व्यापार संचालन गर्दै आइरहेका संरचना हटाउन बाग्लो उपस्थितिमा प्रहरी परिचालन गरिएको छ ।अभियान बसपार्क क्षेत्रमा बनेका संरचनाहरु भत्काइदै छ ।

 

Nabintech