
अर्काले के अपराध गर्यो के गरेन प्रतिवाद र बकपत्र दिन बन्दगर्नुहोस । अपराध जतिसुकै पुरानोहोस् अपराध अपराध नै हुन्छ । अपराध जतिसुकै ठुलाले गरोस् त्यो अपराध नै हुन्छ। शोषित पीडित उत्पीडितका उपर बर्बरता मच्चाउनेको तीन पुस्ते कुण्डली निकाल्नुहोस । मातृभुमीको अस्मितामा खेलवाड गर्ने कुपुत्रको तिनपुस्ते झिक्नुहोस । देखाइदिनुहोस मेयर साब सत्ता अपराधी प्रती कति क्रूर हुन्छ । सत्ता शोषित पीडित उत्पीडितका लागि अभिभावक हुन्छ । यहाँ सत्ता सत्ता जस्तो छैन । यहाँ सरकार सरकार जस्तो छैन । जति सरकार र सत्ता बद्लिए पनी रस चुस्न पल्केका आधारहिन स्वार्थी ऐजेरुको जालोमा डोजर चलाउनुहोस। कसैले उचाल्दैमा नउचालिनुहोस कसैले पछार्दैमा नपछाडिनुहोस । कसैको नक्कल नगर्नुहोस् । आफ्नो यथार्थ धरातल र बस्तुस्थितिको सही विश्लेषण गर्नुहोस् । आवस्यकता के हो? औचित्य के हो ? नहतारिनुहोस सहि शुरुआत सफलताको मेरुदण्ड हो। पानी ढिलो तातिन्छ र ढिलै सेलाउछ । फलाम छिटै तातिन्छ र छिटै सेलाउछ।यो बस्तुको बिशिस्ट तापधारण शक्तिमा निर्भर गर्छ। दलाल र माफियाहरूका अखडामा डोजर चलाउनुहोस । तपाईंको बाटोमा षड्यन्त्रका एम्बुस थापिनेछ्न सजक रहनुहोस। तपाईंलाई असफल पार्न कथित आफन्तको मुकुन्डोधारी आउनेछ्न सचेत रहनुहोस। प्रलोभनका पोकाको कोसेली बोकेर लामलागेर आउछ्न सकुनीहरु ढोका बन्द गरिदिनुहोस। यो सामाज बदलिएन । यो देश बदलिएन । कसरी बदलिन्छ यो देश ? कसरी बदलिन्छ यो सामाज ? जब दोहोर्याउछौ पुरानै प्रवृत्ति । हाम्रो आचरण व्यबहार उस्तै छ ।हाम्रो तौरतरिका उस्तै छ ।हाम्रो सोचाइ बुझाइ उस्तै छ ।
कसै प्रतीको गुनासो बन्द गर्नुहोस् । यहाँ सबै अमर, अजर, अमिट भएनन् । जस्ले त्याग, बलिदानी र उत्सर्ग गरे अमर तिनी छन । अजर तिनी छन । अमिट तिनी छ्न । किन पुजिन्छ्न अब्राहम र मण्डेला ? किन ढोगिन्छ्न गान्धी र गौतम बुद्ध ? किन गुन्जिन्छन गङ्गालाल र दशरथ ? किन अमर छ्न शुक्रराज र धर्मभक्त? किन सम्झिन्छौ बिपी र मनमोहन ? केही न केही बिशिस्टता छ । केही न केही बलिदानी छ । सामाज रुपान्तरणको अभियान छ।स्वार्थ र लोभको तिलान्जली छ। लोभ र लालच बाट माथी उठ्नुहोस । मोह र मुलाहिजा बाट मुक्त हुनुहोस् । एउटा नेपाली उखान छ ” जति जोगी आए पनि कानै च्यातिएका” । यो निराशाको अभिव्यक्ति हो । यो जडताको प्रतिबिम्ब हो । यस उखानलाई गलत साबित गर्नुछ । यहाँ दलाल, पुजीपतिका कायर नोक्कर मात्र छैनन् मातृभुमिको मुहार फेर्नसक्ने निर्भीक योद्धा पनि छन । प्रमाणित गर्नुछ । बाटो च्याप्नेको बिग्बिगी छ । खोला थुन्नेको दम्दमी छ । ती कसैलाई नछोड्नुहोस । कानुनको कठघरामा उभिनै पर्छ। न्यायको तराजुमा जोखिनै पर्छ। नकारात्मकताको बाढी ल्याउने, अफवाहको हुरी ल्याउने यस्ता सबै कम्पनीमा डोजर चलाउनुहोस । कसरी ठग्न सकिन्छ ?कसरी झुट बिक्छ? सदासर्बदा यस्तै सोच्ने मथिङ्गलमा डोजर चलाउनुहोस। नडराएर डोजर चलाउनुहोस । सदियौको फोहोर सोहोर्न समय लाग्छ । नाअत्तिएर डोजर चलाउनुहोस । यहाँ फोहोरको अवशेष नरहोस । यहाँ अत्याचारको छाया नरहोस। अर्काको खुन र पसिनामा बाच्ने परजीवीका भट्टिमा डोजर चलाउनुहोस । बिन्ती छ मेयर साब डोजर चलाउनुहोस ।