१४ बैशाख २०८१, शुक्रबार
दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७९, बुधबार ०९:०७

काठमाडौं : दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताए ।

मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन । घटनाबारे  आज बिहान मात्रै खबर आएकोले घटना कतिबेला भएको भन्ने थाहा हुन नसकेको उनको भनाइ छ ।  आज बिहान वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएपछि घटनास्थलतर्फ प्रहरी पठाइएको डिएसपी गौतमले बताए । उनका अनुसार घटना स्थलमा पुग्न ४ घण्टा पैदल हिड्नु पर्छ। अबको २ घण्टापछि प्रहरी घटनास्थलमा पुगेपछि मात्रै सबै कुरा थाहा हुने उनको भनाइ छ।

Nabintech