१३ बैशाख २०८१, बिहीबार
जिम्बावेसँगको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियालाई

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७९, बुधबार १२:३३

काठमाण्डाै: जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियाले एक खेल अगाडि नै जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले हरायो । जितसँगै आईसीसी विश्वकप सुपर लिग अन्तर्गतको श्रृंखलामा अष्ट्रेलियाले २–० को अग्रता बनाएको छ । जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका स्टिभ स्मिथले अविजित ४७ रन जोडे । एलेक्स केरी २६ रनमा अविजित रहे । त्यस्तै डेभिड वार्नरले १३ रन बनाए । जिम्बावेका रिचार्ड एनगाराभाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २७ ओभर ५ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो ।

अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ३/३ तथा क्यामरुन ग्रीनले २ विकेट लिए । पहिलो खेल अष्ट्रेलियाले ५ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।

Nabintech