२७ आश्विन २०८१, आईतवार
कोहलपुर नगर बिकास समितिभित्र रहेका संरचनाहरु असोज मसान्तसम्म खाली गर्ने सहमति

यो सहमति कार्यान्वयन भएपछि अतिक्रमित संरचना हटाउने बर्षौंदेखिको प्रयास सफल हुने भएको छ


  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७९, बुधबार १९:२४

कोहलपुर:  बाँकेको कोहलपुर नगर बिकास समितिभित्र रहेका संरचनाहरु असोज मसान्तसम्म खाली गर्ने सहमति भएको छ । आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिति भित्रका संरचना खाली गर्ने सहमति बनेको कोहलपुर नगरपालिकाका प्रबक्ता नमबहादुर आलेले जानकारी दिए ।

संरचना खाली गर्न पटक-पटक दिइएको अल्टिमेटम अटेरी गरेपछि सोमबार नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको नेतृत्वको टोलीले संरचना हटाउन डोजर चलाएको थियो ।

न्यूरोडका अतिक्रमित केहि संरचना भत्काइएपछि बसपार्क पुगेको टोलिमाथि त्यहाँका स्थानीयले बिरोध जनाएपछि संरचना हटाउने अभियान रोकिएको थियो ।

आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिति भित्रका संरचना खाली गर्न बसपार्क सुधार समिति समेत सहमत भएपछि अतिक्रमित संरचना हटाउने बर्षौंदेखिको प्रयास सफल हुने भएको नगर प्रमुख आचार्यले बताए ।

बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख संगिता सुवेदी, सहायक सिडिओ टोपेन्द्र केसी, कोहलपुरका डिएसपी एनबहादुर मल्ल, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, एमालेका बलराम भट्टराई, नेकपा माओवादी केन्द्रका ओपेन्द्रनाथ योगी, नेकपा एसकी  नारायणी ओली, बसपार्क सुधार समितिका अध्यक्ष युवराज भण्डारी लगायत सहभागी थिए ।

Nabintech