११ बैशाख २०८१, मंगलवार
नारायणघाट मुग्लिन सडक फेरि बन्द, खुल्न पाँच घण्टा लाग्ने

चितवनको इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पनि ढुङ्गा खसिरहेको बताइएको छ


  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७९, बिहीबार ०९:३४

काठमाण्डाै:  पहिरोले बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन झण्डै ५ घण्टा लाग्ने भएको छ । विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ ।

आज बिहानदेखि गाडी रोकिएका छन् । सडक बन्द भएपछि गाडीको लामो लाइन लागेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ । त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

केराबारीको पहिरो पन्छाउन ४/५ घण्टा लाग्ने र १८ किलोको पहिरो ३ घण्टामा हटाउनेगरी काम थालिएको प्रहरीको भनाइ छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन नारायणगढ सडकखण्ड खुलाइएको थियो । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।

Nabintech