१३ बैशाख २०८१, बिहीबार
जय शम्भु फर्निचर एण्ड होम डेकोर मिस्टर नेपालगञ्ज २०२२ को अडिसन असोज २३ देखि हुदै

बांके जिल्लामा बसोबास गर्ने १६ / २६ उमेर समुहले भाग लिन पाउने


  • प्रमोद रिजाल

  • १६ भाद्र २०७९, बिहीबार १३:४०

नेपालगञ्ज: ओन क्रेयसन नेपालगञ्जको आयोजनामा जय सम्भु  फर्निचर एण्ड होम डेकोर मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिता नेपालगञ्जमा हुने भएको छ । २०१९ बाट शुरु गरिएको मिस्टर नेपालगञ्जको तेस्रो संस्करण भाद्र १६ गते देखि सिजन ३ को आबेदन खुल्ला गरिएको आयोजक ओन क्रेयसनकि प्रमुख कार्यकारी अधिकृत प्रेमा वलीले बताइन ।

प्रतियोगिताबारे जानकारी दिन आज नेपालगञ्जमा पत्रकार भेटघाट कार्यक्रममा सिइयो वलीले यस्तो बताएकी हुन । उन्ले केटिहरु मात्र ग्यालमर, मोडेल बन्नु पर्छ भन्ने नेपाली बिश्वासलाई तोडदै आफुहरुले युवा पुरुषहरुको योग्यता क्षमतालाई उजागर गरि सिंगो बांकेलाई राष्ट्रिय रुपमा चिर परिचित गराउन मिस्टर नेपालगञ्जको शुरुवात सन २०१९ मा गरि सिजन तीन सम्म आइपुगेको बताईन ।

जय शम्भु  फर्निचर एण्ड होम डेकोर कोहलपुरको मुख्य प्रायोजनमा हुन लागेको मिस्टर नेपालगञ्ज २०२२ को सोसल मिडिया पाटनर कोहलपुर ग्यालरी र नेपालगञ्ज ग्यालरी रहेका छन । मेकअप तथा हेयर डिजाइनर पाटनरमा असिम नेपालगञ, ड्रेस डिजाइनर पाटनर आर्सा नेपालगञ्ज, क्लोथिङ सर्पोट क्लोथ प्वाईन्ट नेपालगञ्ज, प्रिन्टिङ पाटनर बि एण्ड बि हस्पिटालिटी, सेलिबे्रसनमा एम्मी बाइट्स टि सट एण्ड टाइटलले सह प्रायोजकको भुमिका खेल्ने कुरा आयोजकले बताएको छ ।

प्रेस भेटघाटमा २०१९ का बिजेता सुभास खडका, २०२१ बिजेता मिलन शाह उपस्थित कार्यक्रममा मिस्टर नेपालगञ्ज २०२२ सफल पार्नका निम्ति अभियानलाई बिभिन्न कलेज , स्कुल तथा बिश्वबिद्यालय र बांकेका बिभिन्न स्थानमा अडिसनमा सहभागि छनौटका लागि उत्प्रेरनात्मक कार्यक्रम आयोजना गरिने भएको छ ।

१६ बर्षदेखि २६ बर्ष समुहका अबिभाहित पुरुषहरुले सहभागिता जनाउने मिस्टर नेपालगञ्ज २०२२ को सहभागि हुन चहानेले रु ५०० मा फम खरिद गरि आफनो नाम दर्ता गराउन सक्नेछन । फम कोहलपुरमा फेसन दरबार र नेपालगञ्जमा एमि बाईट्समा पाइने आयोजक ओन क्रेयसन नेपालगञ्जले जनाएको छ । प्रतियोगीहरुलाई नेपालगञ्जमै एक महिनाको तालिम बिभिन्न अभ्यास तथा बोल्ने तर्क गर्ने अभिनय र मोडेल वाक जस्ता क्रियाकलाप गराइनेछ ।

पुजा वलीको मुख्य ब्यबस्थापनमा हुने जय सम्भु मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिताको प्रथम अडिसन असोज २३ बाट मेरो प्लानेट नेपालगञ्जमा शुरु हुनेछ । फाइनल बिजेताले रु ३५ हजार बराबरको गिफट ह्याम्पर पाउनुका साथै नेशनल इभेन्टमा मिस्टर सुपरनेशनल नेपालमा भाग लिन समेत पाउने छन ।

Nabintech