८ बैशाख २०८१, शनिबार
आफूमाथि लागेको आरोप गलत भएको भन्दै चोलेन्द्रले उठाए समितिमाथि नै प्रश्न

  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७९, बिहीबार १४:२४

काठमाडौँ :निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गर्नुभएको छ  । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उहाँले यसको कुनै औचित्य नभएको दाबी गर्नुभएको हो । जबराले आफूमाथि लागको आरोप  गलत भएको बताउनुभयो ।

जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर प्रश्नसमेत उठाउनुभयो ।

जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको दाबी गर्नुभयो ।

जबराले  पहिलो दिनको बयानका क्रममा  राजनीतिक दलका नेतादेखि सर्वोच्चका न्यायाधीश र वरिष्ठ अधिवक्तासम्मको पोल खोलिदिनुभएको थियो ।

योसँगै निलम्बित प्रधानन्यायाधीश जबरामाथिको बिहीबारको बयान सकिएको छ । बाँकी बयानका लागि समितिले १९ भदौमा जबरालाई बोलाउने भएको छ।

​​​​​​​​​​​​​​

Nabintech