१४ बैशाख २०८१, शुक्रबार
ठुरेको जंगलमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो


  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७९, बिहीबार १६:४०

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुरे जंगलमा बुधवार राती सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्त घोषणा गरेका थिए । बुधवार राती करीब ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो । सवारी साधनसहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।

Nabintech