२६ बैशाख २०८१, बुधबार
मन्त्रि अथकले गरे राप्तिसोनारीका तीन बिद्यालयको उदघाटन

  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७९, बिहीबार १६:५०

कोहलपुर:  नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एंव बाँके क्षेत्र नं १ का संघीय सांसद महेश्वर गहतराज अथकले आफ्नो निर्वाचन क्षेत्रको ३ वटा सरकारी बिद्यालय भवन उद्घाटन गरेका छन ।

स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तरगत टिनका छाना बिस्तापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तरगत राप्ती सोनारी गाँउपालिकाका बिभिन्न वडाका ३ वटा बिद्यालय भवन उद्घाटन गरेका हुन ।

उन्ले राप्ती सोनारी ६ को सिद्धेश्वरी बहुमुखी क्याम्पसको १५ कोठे भवन उदघाटन गरेका छन भने राप्ती सोनारी ६ कै सु कमैया प्राथमिक बिद्यालय,कमैया डांडामा नब निर्मित २ कोठे भवनको उद्घाटन उद्धघाटन गरेका हुन । त्यसैगरी राप्ती सोनारी ३ को सरस्वती माबिको ८ कोठे पक्की भवनको मन्त्री एंव संघिय सांसद अथकले उद्धघाटन गरेका छन । संघिय सांसदमा निर्वाचित भए लगतै नेता अथकले आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो बिस्थापन अभियान सञ्चालन गरेका थिए ।
उन्ले सो क्षेत्रका २ दर्जन बढि बिद्यालयमा करोडौ सरकारी रकम लगानि लगाएको बताईएको छ । शिक्षा क्षेत्रको सुधार नगरी समग्र बिकासले गति नलिने भन्दै अथकले आफ्नो मुख्य प्राथामिकतामा शिक्षा क्षेत्रमा नै रहेको बताए ।

Nabintech