८ बैशाख २०८१, शनिबार
बांकेको नरैनापुरबाट हतियार सहित एक पक्राउ

  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७९, बिहीबार १६:५६

नरैनापुर, बाँके: बाँकेको नरैनापुरमा प्रहरीले भरुवा बन्दुक, कटुवा पेस्तोल, छर्रा र बारुदसहित एक जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय, भगवानपुरका प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा खटिएको टोलीले नरैनापुर गाउँपालिका–१, बानिया गाउँबाट छब्बीलाल केवटलाई हतियारसहित पक्राउ गरेको हो।

हतियार लुकाइ राखेको विशेष सूचना पाएपछि भगवानपुर, सुइया बघौडा र प्रहरी चौकी लक्ष्मणपुरबाट गएको टोलीले केवटको घर खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, लोडगरी राखेको भरुवा बन्दुक, सय ग्राम बारुद, सीसा र फलामको छर्रा पाँच सय ग्राम, पटवाका ९ थान बरामद गरिएको प्रहरी निरीक्षक सुनारले बताए । पक्राउ परेका केवट विरुद्ध प्रहरीले हातहतियार तथा खरखजाना कसुर मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।

Nabintech