१२ बैशाख २०८१, बुधबार
अटो दुर्घटना हुदा एकको मृत्यु, चार घाईते

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७९, शुक्रबार ११:३०

रोल्पा :रोल्पा नगरपालिका-२ घट्टेखोलास्थित सडकमा रा १ ह ३०२२ नम्वरको अटो अन्यिन्त्रित भइ दुर्घटना हुँदा रोल्पा नगरपालिका-२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको छ ।

बिहीबार साँझ दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा चार जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Nabintech